२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगंजमा निःशुल्क क्षयरोग स्क्रीनिङ शिविर

नेपालगंजमा निःशुल्क क्षयरोग स्क्रीनिङ शिविर


नेपालगन्ज—नेपालगन्ज उपमहानगरपालिका—२ मा निःशुल्क क्षयरोग स्क्रीनिङ शिविर सम्पन्न भएको छ । ७ पुसमा नेपालगन्ज—२ वडा कार्यलयको आर्थिक सहयोग तथा सहरी स्वास्थ्य केन्द्र २ नेपालगन्ज्को आयोजनामा शिविर सम्पन्न भएको हो ।

नेपालगन्ज सहरी स्वास्थ्य केन्द्र २ का जनस्वास्थ्य निरिक्षक आइतवारी चौधरीकाअनुसार नेपाल सरकारको नेपाललाई क्षयरोग मुक्त नेपाल बनाउने लक्ष्यमा सहयोग पु¥याउने उद्देश्यले स्क्रीनिङ शिविर आयोजना गरिएको हो ।

उनकाअनुसार सो शिविरमा ४८ जना सेवाग्राहीहरुको खकार नमुना संकलन गरेर परीक्षण गरिएको थियो ।

शिविरमा भेरी अस्पतालका ल्याब टेक्निसियन गणेश थारु तथा सहरी स्वास्थ्य केन्द्र २ नेपालगंजका जनस्वास्थ्य निरिक्षक चौधरी, हेल्थ असिस्टेन्ट अनिष अहमद मनिहार र अनमी रिता शाहीले सेवा प्रवाह गरेका थिए । उक्त शिविरमा सेवाग्राहीहरुलाई आवश्यकताअनुसार सहरी स्वास्थ्य केन्द्र २ नेपालगंजमा उपलब्ध निःशुल्क औषधी तथा परामर्श सेवासमेत प्रदान गरिएको थियो ।

क्षयरोग एउटा सरुवा रोग हो जसले मुख्य गरेर फोक्सोमा असर गर्छ । यो रोग फोक्सोबाहेक शरीरको अन्य अंगहरुमा पनि लाग्न सक्छ जस्तैः मिर्गौला, हड्डी, मस्तिष्क, मेरुदण्ड आदि । दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, खाना रुची नहुनु, तौल घट्दै जानु, ज्वरो आउनु, थकाई महसुस हुनु आदि क्षयरोगका मुख्य लक्षणहरु हुन ।

क्षयरोगका किटाणु क्षयरोगीले खोक्दा, हाच्छु गर्दा, बोल्दा तथा जथाभावी थुक्दा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । अध्ययनअनुसार यदि एउटा क्षयरोगीलाई उपचार गरिएन भने त्यो क्षयरोगीले एक वर्षमा औषतमा १० देखि १५ जना नया“ व्यक्तिहरुलाई आफ्नो रोग सार्न सक्छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ