२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालको नेतृत्वमा हानथाप, को—को छन् दाबेदार ?

लुम्बिनी प्रादेशिक अस्पतालको नेतृत्वमा हानथाप, को—को छन् दाबेदार ?


बुटवल—प्रदेश ५ को महत्वपूर्ण अस्पतालका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल नेतृत्व परिवर्तनको संघारमा छ । यस बीचमा नेतृत्वका लागि भएकोे हानथापले अस्पतालको आन्तरिक प्रशासन अस्तव्यस्त जस्तै छ । प्रशासनिक समस्याका कारण अस्पतालमा आउने बिरामीहरुको अवस्था दयानीय देखिन्छ भने कुरुवाहरु अलमल मै हुन्छन् ।

अस्पताल प्रशासकको रुपमा रहने मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) मा हालका मे.सु. डा. कृष्ण खनालको मंसिर पहिलो हप्ता अवकास हुँदैछन् । उनी नेतृत्वबाट अवकास हुने भएपछि अस्पतालको नयाँ नेतृत्वका लागि हानथाप बढेको छ ।

प्रदेश महातत्मा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको प्रशासनिक नेतृत्वका लागि दुई जना लाइनमा रहेको स्रोतले दावी गरेको छ । यद्यपी, मेडिकल सुपरिटेन्डेन्ट विषय नै अध्ययन गरेको व्यक्तिको पनि सम्भावना उत्ति कै हुने गर्दछ । स्रोतका अनुसार ११ औं तहका डा. राजेन्द्र खनाल र १० औं तहका डा. इन्द्र ढकाल लाइनमा छन् । मेडिकल सुपरिटेन्डेन्ट नै अध्ययन गरेकी १० औं तहकी शकुन्तला गुप्ताको सम्भावित व्यक्ति हुन् । डा. खनाल रेडियोलोजिष्ट हुन्, भने डा. ढकाल अर्थोपेडिक सर्जन हुन् ।

मे.सु.का लागि लाइनमा रहेका यी दुवै डाक्टर बरिष्ठतम भने होइन् । सम्भावना भएकी गुप्ता पनि १० औं तहकी हुन् । जेष्ठताका हिसावले डा. श्रीधर आचार्य पहिलो नम्वरमा पर्छन् । तर उनी मे.सु.का लागि तयार नभएको स्रोतले बतायो । उनी पछिको बरियतामा रहेका डा. विष्णु पौडेल पनि मे.सु.को नेतृत्वका लागि तयार नभएपछि ११ औं तहका रेडियोलोजिष्ट डा. खनाल अस्पताल प्रशासकका रुपमा आउने देखिएको छ । यद्यपी प्रदेश स्तरीय अस्पतालको मे.सु.का लागि भने १० औं तहलाई प्रतिस्पर्धाका लागि योग्यता पुगेको मानिने कानुनी व्यवस्था छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा एक वर्षमा झन्डै दुई लाख बढी बिरामीले सेवा लिन्छन् । सबैजसो रोगका विशेषज्ञहरु यस अस्पतालमा कार्यरत छन् । तर पनि अस्पतालको सेवा स्तरीय भने छैन् । सेवाका बारेमा भने सेवाग्राहीको गुनासो लगातार आउने गर्दछ । नयाँ आउने अस्पताल प्रशासकलाई आन्तरिक प्रशासनलाई मजबत बनाउनु मुख्य चुनौती हुने देखिन्छ । त्यसका अलवा अस्पतालमा रहेको फार्मेसी समस्या समाधान, सटर समस्या तथा अस्पतालको व्यवस्थापन जस्ता चुनौतीहरु हुनेछन् । त्यति मात्र होइन अस्पतालका जागिरे चिकित्सकहरु अस्पतालबाहिर बढी समय दिने समस्या विकराल रुपमा रहेको छ । त्यसलाई नियन्त्रण गर्नु नयाँ आउने नेतृत्वका लागि चुनौतीपूर्ण रहेको छ ।

मेसु छनोटका लागि ११ औं तहको कर्मचारीका हकमा प्रदेश मन्त्रिपरिषदको निर्णय अवश्यक हुन्छ भने १० आँं तहको हकमा मन्त्रालयले निर्णय गर्न सक्दछ । निवेदनका आधारमा बरिष्ठतमले नै मेसुको नेतृत्व पाउने छन् । मेसुको लागि राजनीतिक लविङ पनि भैरहेको स्रोतको दावी छ ।

प्रदेश ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले प्रचलित कानुन र नियमअनुरुप नै मेसुको छनोट हुने बताउँछन् । ‘कर्मचारीहरुको बरिष्ठता, शैक्षिक योग्यता, कार्यसम्पादन क्षमता आदिको जाँचबाट नै छनोट हुन्छ । यो राजनीतिक नियुक्ति होइन त्यसैले पनि प्रक्रियाबाट नै हुन्छ,’उनले भने, ‘सम्भावना र आकलनको हिसाब हुँदैन्, विधिले हुन्छ ।’

वि.सं. १९६७ साल फागुन १५ गते अस्पताल स्थापना भएको थियो । जितगढीमा स्थापना भएको अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालको रुपमा परिणत भयो । देश संघीयतामा गएसँगै २०७५ माघमा प्रदेश मातहत आएर अहिले लुम्बिनी प्रादेशिक अस्पतालको रुपमा सञ्चालित छ ।

२०२४ सालमा ५० शैय्याबाट सरु भएको अस्पताल २०५० मा १ सय शैय्या हुँदै अहिले ४ सय शैय्याको अस्पतालका रुपमा रहेको छ । जसमध्ये सरकारी स्रोतबाट सञ्चालित ३ सय र अस्पताल विकास समितिको आन्तरिक स्रोतबाट १ सय शैय्या संचालनमा छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ