२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव

गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव


विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुती गराउन ल्याइएकी गर्भवती महिला र शिशुको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।

इटहरी ४ हलगडाकी २५ वर्षीय लक्ष्मी बुढाथोकी र उनको पेटमा रहेको बच्चको बुधबार राती मृत्यु भएपछि विपी प्रतिष्ठान बिहीबार दिनभरी तनावग्रस्त बनेको हो । मृतका आफन्तले गत मंगलबार सुत्केरी गराउन अस्पताल ल्याएका थिए ।

उपचारमा लापरवाही भएर आमा र बच्चा दुवैको मृत्यु भएको भन्दै दोषीलाई तत्काल कारबाही र परिवारलाई क्षतिपूर्ति हुनुपर्ने मागसहित आफन्तहरुले अस्पताल बाहिर नाराबाजी गरेका थिए । बिहीबार साँझ मृतका आफन्त, अस्पताल प्रशासन, गाइनो विभागका चिकित्सक तथा प्रतिष्ठानका पदाधिकारीबीच भएको छुट्टाछुट्टै छलफलमा भएको थियो । बिहीबार साँझसम्म पीडित र अस्पताल प्रशासनबिच सहमति हुन सकेको छैन ।

छलफलमा अस्पतालको तर्फबाट प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनाल र पीडितका आफन्तहरु बसेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ