२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालले बनायो सेनिटाइजर र माक्स

कोशी अस्पतालले बनायो सेनिटाइजर र माक्स


विराटनगर—कोशी अस्पतालले कर्मचारी, चिकित्सक र बिरामीका लागि आफै सेनिटाइजर तथा मास्क बनाउन थालेको छ ।

बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भएपछि कोशी अस्पतालले आफ्ना चिकित्सक, कर्मचारी तथा बिरामीको लागि आफै सेनिटाइजर तथा मास्क बनाउन थालेको हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्पिरिटसहितका केमिकल्सको मिश्रणबाट सेनिटाइजर बनाइएको अस्पतालले जनाएको छ । अस्पतालले ‘डबल लेयर’को मास्क पनि बनाएको छ ।

तत्काललाई कर्मचारी, स्वास्थ्यकर्मी र बिरामीलाई उपलब्ध गराउने गरी सेनिटाइजर बनाइएको कोशी अस्पतलाको मेसु डा. संगीता मिश्रले जानकारी दिइन् । बजारमा अभाव देखिएकोले मादपण्ड पु¥याएर साधनको मिश्रणबाट सेनिटाइजर बनाएका उनले बताइन् । उनले अस्पतालले परिसरभित्र हात धुनको लागि पानी र साबुनको पनि व्यवस्था गरेको बताएकी छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ