२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अझै तयार भएन कोशी अस्पतालमा ‘आइसोलेशन वार्ड’

अझै तयार भएन कोशी अस्पतालमा ‘आइसोलेशन वार्ड’


विराटनगर – कोरोना भाइरसबाट संक्रमित भएको विरामीकोे उपचार गर्नको लागि १ नम्बर प्रदेश सरकारले गत फागुन २१ गते विराटनगरस्थित कोशी अस्पतालसहित चार अस्पतालहरूमा ‘आईसोलेशन वार्ड’ तयार भएको जानकारी दिएको थियो ।

चार अस्पतालमा २८ शैयाँको ‘आइसोलेन वार्ड’ राखिएको प्रदेश सरकारले पत्रकार सम्मेलन गरि जानकारी दिएको ११ दिन बितिसक्दा पनि कोशी अस्पतालमा भने अझै आइसोलेशन वार्ड तयार भएको छैन ।

कोरोना भाइरस संक्रमितलाई उपचार गर्न विराटनगरको कोशी अस्पतालमा ५ शैयाँ, विराट मेडिकल कलेजम १२, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र नोबेल मेडिकल कलेजमा १ शैयाँको आइसीयू सहितको आइसोलेन वार्ड तयार भएको सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशखा प्रमुख डा. सुरेश मेहताले जानकारी गराएका थिए । तर केही दिन अगाडि विदेशबाट आएका एक व्यक्ति र शुक्रबार कोशी अस्तपालमा आएका अर्का व्यक्तिलाई कोरोनाको आशंका गर्दै कोशी अस्तपालमा ‘आइसोलेशन वार्ड’ तयार नभएको बताउँदै बिपीको आइसोलेशन वार्डमा रेफर गरेको थियो । कोशी अस्पतालको ‘अब्र्जरभेसन वार्ड’लाई ‘आइसोलेशन वार्ड’ बनाउने तयारी गरि अहिले निर्माण भइरहेको छ ।

कोशीमा आइतबार दिउँसो पुग्दा आइसोलेशन वार्ड भनिएको कोठामा पाँच जना कामदारले मर्मत सम्झारमा व्यस्त देखिन्थे । उनीहरू कोठामा रंगरोगन र हात धुने बेसिन मिलाउन व्यस्त थिए । कोशी अस्पतालकी सुपरिटेण्डेन्ड मेसु डा. संगीता मिश्रले कोशीमा ‘आइसोलेशन वार्ड’ निर्माण भइ नसकेकोले शंका लागेका विरामीलाई धरान पठाउने गरिएको बताइन् । ‘कोशी अस्पतालमा आइसोलेशन वार्ड बनाउन लागि परेको छौं,’ मेसु मिश्राले भनिन्, ‘तयार हुन बाँकी रहेको छ । कोशीको आइसोलेशन वार्डको निर्माणको अन्तिम चरणमा छ । मंगलबारसम्म निर्माण पूरा हुने छ ।’ प्रदेश सरकारले कोशीमा ५ शैयाँको ‘आइसोलेशन वार्ड’ बनाउने भनिएपनि ठाउ अभावले गर्दा ३ शैयाँको आइसोलेशन हुने मेसु मिश्राले बताइन् ।

कोशी बाहेक धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज र नोबेलमा आइसुलेन वार्ड तयार भएको विकास मन्त्रालयको जनस्वास्थ्य महाशखा प्रमुख डा. सुरेश मेहताले बताए । विराटले १२ शैयाको ‘आईसोलेशन वार्ड’ छुटाइएको छ । विराटले ‘डि’ ब्लकमा कोरोना भाईरसको संक्रमति देखिएको विरामीको उपचारको लागी छुटै ‘आईसोलेसन वार्ड’ छुटाएको हो । विराट मेडिकल कलेजका सुधिर सिह राठोरले कोरोना संक्रिमित विरामीको उपचारको लागि विराटमा आइसुलेन वार्ड तयार भएको बताए । १२ वटा शैयाँको आईसोलेशन वार्डका लागी २ जना प्रत्यक्ष निगरानी र लागी डाक्टर र नर्स तयारी गरि राखिएको उनले बताए ।

यसैगरी, विराटनगरको नोवेल मेडिकल कलेजमा आईसीयु सहितको आइसोलेसन वार्ड तोकीएको छ । धरानको विपीमा १० शैयाँको आइसोलेशन वार्ड तयार रहेको बताइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ