२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना भाइरसबाट जोगिन सचेतना

कोरोना भाइरसबाट जोगिन सचेतना


विराटनगर—विश्वभरी फैलिएको कोरोना भाइसको संक्रमणबाट जोगिन सचेतनामूलक कार्यक्रम सुरू भएको छ । विराटनगर–३ स्थित पोखरिया माविमा बुधबार अभिभावहरूलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतनामूलक कार्यक्रम दिइएको हो ।

स्कूलका अध्ययरत विद्यार्थीहरूका अभिभावकहरूलाई बोलाएर पोखरिया स्कुलमा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको स्कुलका प्रधानाध्यापक खेम भट्टराईले जानकारी दिए । विद्यार्थीहरूले स्वास्थ्य सचेतना गराएपछि अभिभावकहरूलाई पनि गराएको हो ।

अभिभावक र विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना नर्स प्रतिभा बजगाईँ गराउँदै आएकी छिन् । उनले कोरोना भाइसको संक्रमण कसरी जोगिने भन्ने बारेमा अभिभावक र विद्यार्थीहरूलाई जानकारी दिएकी थिइन् ।

प्रदेश सरकारले एक स्कुल एक नर्स कार्यक्रम संचालन गरेपछि गत वर्षको चैत १ गतेदेखि उनले पोखरिया स्कुलका विद्यार्थीहरूको नर्स बजगाईले विद्यार्थीहरूको स्वास्थ्य जाँच गर्दै आएकी छिन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ