२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य उपकरण लिएर हेलिकप्टर विराटनगर पुग्याे

स्वास्थ्य उपकरण लिएर हेलिकप्टर विराटनगर पुग्याे


 विराटनगर – सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण विराटनगर आईपुगेकाे छ । कोरोना भाइरस सक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीईंं) बोकेर नेपालि सेनाकाे स्काई ट्रक विराटनगर विमानस्थलमा सोमबार दिउसो अवतरण भएको हाे ।

स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण १ हजार थान पीपीइ आइपुगेको प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । एन–९५ मास्क १ हजार थान , १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन ,१० थान थर्मल गन र सेनेटाइजर गाडीवाट आउदै गरेको मन्त्री घिमिरेले जानकारी दिए । गाडीबाट आउने उपकरण मंगलबार आइपुग्ने बताइएकाे छ । मन्त्रि घिमिरेले सरकारले पठाएको थप सामग्री प्राविधिक कारणले हेलिकप्टरबाट आउन सम्भव नभएपछि गाडीबाट आईरहेको बताए । संघिय सरकारले पठाएको १ हजार थान पिपिई आवश्यक्ताको हिसाबले कम भए पनि यसले कोरोना उपचारमा खटेका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान हुने बताए ।

प्रदेश १ मा हाल कोशी अस्पताल र बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना संग लड्न पुर्ण रुर रहेकोले यो दुईवटामा बढी मात्रामा पिपिई दिईने भएकाे छ । यस्तै विराटनगर स्थित नेशनल ट्रेडिङमा निर्माणाधीन रहेको अस्पताल पनि दुईदिन भित्र संचालना आउने उनले जानकारी दिए । उनले बिपि र कोशीमा १५० थानको हिसाबले पिपिई दिईने र दुईदिन पछि सुरुहुने भएको कोरोना अस्पताललाई २ सय थान दिने बताए ।

मन्त्री घिमिरेका अनुसार मेचीमा ४६ पिस , मोरङमा ३४ , सुनसरीमा २४ , धनकुटामा १४, तेह्रथुममा १२ , संखुवासभामा २० , भोजपुरमा १८ , सोलुखुम्बुमा १६ , उदयपुरमा १६ , खोटाङमा २० , झापामा ३० , पाचँथरमा १६ , ताप्लेजुङमा १८ , ईलाममा २० , ओखलढुङ्गामा १६ पिस पठाईने जानकारी दिए । उनले कोरोना उपचारमा खटेका स्वास्थ्कर्मीको उपचारमा सरकारले कुनै कमी हुन नदिने बताए । उनले स्वास्थ्यकर्मीको सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । एन–९५ मास्क १ हजार थान , १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन ,१० थान थर्मल गन र सेनेटाइजर गाडीवाट आउदै गरेको मन्त्री घिमिरेले बताए ।

उनले सुरक्षा उपकरण बिना कोरोनाको उपचारमा संलग्न हुन बाध्य नबनाईने बताए । कोरोनाको उपचारमा खट्ने स्वास्थ्कर्मीलाई प्रदेश र संघिय सरकारले अतिरिक्त भत्ता , बिमालगायत समेतको व्यवस्था गरहेको जानकारी दिए । यि स्वास्थ्य उपकरण आइतबार चीनको गोञ्जाओबाट नेपाल ल्याइएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ