२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको कानेपाेखरीमा ७ बेडको क्वारेन्टाइन निर्माण

मोरङको कानेपाेखरीमा ७ बेडको क्वारेन्टाइन निर्माण


मोरङ- कोरोना भाईरस अर्थात (कोभिड–१९) को सम्भावित जोखिम सामना गर्नको लागि मोरङकाे कानेपाेखरी गाउँपालिका वडा नं  बयरवनमा क्वारेन्टाइन निर्माण गरिएको छ । बयरवनस्थित स्वास्थ चौकीमा रहेको सर्पदंश उपचार केन्द्रको भवनमा ७ बेडको अस्थायी सुरक्षित सुबिधा सम्पन्न क्वारेन्टाइन निर्माण भएकाे हाे ।

कानेपाेखरी गपाकाे सहयाेग र स्थानिय युवाको समन्यवयमा क्वारेन्टाइन निर्माण भएकाे छ । वैदेशिक रोजगारबाट आएकोहरुलाई तत्काल संक्रमणबाट बच्नको लागी १४ दिनसम्म बस्ने क्वारेनटाईन निमार्ण गरेको हो । क्वारेन्टाइनमा बस्ने विरामीको लागी शौचालय, बाथरुम, खाजा, खान सबैको व्यवस्थापन गरेको वडाध्यक्ष धनबहादुर राईले बताए ।

अहिले होम क्वारेन्टाइनको लागि होममेड ‘पीपीई’ पालिकाको तीनवटा स्वास्थ्य चौकीका ६ जना स्वास्थकर्मीहरुलाई र एम्बुलेन्स चालकलाई दिएको छ । त्यसैगरी, स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण प्रदेश सरकारबाट कानेपोखरी गाउँपालिकालाई दुई थान ‘पीपीई’ आउँर्दै गरेको गाउँपालिकाको उपाध्यक्ष राजमती इङ्नामले बताइन् ।

उनले गाउँपालिकामा कोरोनाको संक्रमण बढी देखिएमा अन्य स्थानमा पनि क्वारेन्टाइन राख्न सकिने बताइन् । अहिले गाउँपालिकामा ६३ जना बैदेशिक रोजगारबाट घर आएका तथ्यांक रहेको छ । जसमध्ये अष्ट्रेलियाबाट घरआएका कानेपोखरी ५ का दम्पती वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा बसेका थिए । थ्रा्ट स्वाब रिर्पोट नेगेटिम देखिए पछि उनीहरु घर फर्केका छन् ।

क्वारेन्टाईनमा वेड र आवश्यक पर्ने स्वास्थ उपकरण पनि आएकाे कानेपाेखिरी गपाका स्वास्थ सँयाेजक राहिन्द्र कुमार राजभण्डारीले जानकारि दिए । क्वारेन्टाईन कक्षमा तत्कालको लागि 7 वडा वेड तयारी अवस्थामा राखिएका छ । आवश्यक परे थप बिस्तार गरिदै लैजाने बताइएकाे छ ।

यस्तै यहाका सुकुम्बासी र मजदुरलाइ पनि राहत वितरण गरिने नेकपा कानेपाेखरि गाउँपालिकाका सचिव मनाेज राजवंशीले जानकारि दिए ।कोरोना भाइरसको संक्रमण फैलिएसंगै सरकारले लकडाउभन गरे पछि मजदूरहरुले काम गर्न पाएका छैनन् । दैनिक रोजगारी गरेर छाकटार्ने मजदूहरुलाई भोकै बस्नु पर्ने अवस्था साथै भोकमरी नलागोस भनेर राहत वितरण गरेकाे उनले बताए । उनीहरुले जस्ले सक्छ सक्ने जतिले आफ्नो ठाँउबाट सहयोग गर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ