२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बाढी पहिरोबाट घाइतेको प्रदेश १ मा निःशुल्क उपचार, मृतक परिवारलाई २ लाख

बाढी पहिरोबाट घाइतेको प्रदेश १ मा निःशुल्क उपचार, मृतक परिवारलाई २ लाख


विराटनगर— प्रदेश १ सरकारले बाढी, पहिरो र डुवानमा परेर घाइतेहरूको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार साँझ बसेको बैठकले बाढी पहिरोबाट घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले ब्यहोर्ने निर्णाय गरेको हो ।

बैठकले मृत्यु हुनेको परिवारलाई राहत स्वरूप तत्काल २ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । घाइतेको निजी अस्पतालमा उपचार गरे बापत बढीमा ५० हजार बिल सरकारले भुक्तानी गर्ने निर्णय पनि गरेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए ।

उद्वार राहत पुनःस्थापना र बेपत्ताको खोजीको निम्ति प्रदेश सरकारले अपिल पनि गरेको छ । अमेरिका भ्रमणमा रहेका मुख्यमन्त्री शेरधन राई स्वदेश फर्किएर आइतबार विराटनगर आएलगत्तै मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

मन्त्री कार्कीले बाढी र डुबानका कारण अबरुद्ध बाटो खुलाउने र तीनवटै सुरक्षा अंग परिचालन गरिएको जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई बाढी र डुबानमा परेका मानिसको खोज तथा उद्धारमा परिचालन गरिएको पनि उनले बताए ।

लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढी पहिरोले प्रदेश १ मा आइतबार रातिसम्म मुत्यु हुनेको संख्यामा १९ पुगेको छ । बाढी पहिरोमा परि १६ जना घाइते र ८ जना वेपत्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार भोजपुरमा ५, खोटाङमा ३, झापामा २, ओलढुंगामा ४, इलाममा १, सुनसरीमा १, उदयपुरमा २ र पाँचथरमा १ जना गरि १९ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए । शनिबार बिहान मात्रै भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको पहिरोमा परेर मृत्यु भएको शव फेला छ । पहिरोले बगाएको भान्छा घरले किचेर ३५ वर्षे मनकुमारी राई, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमारको शव फेला परेको हो ।


क्याटेगोरी : प्रदेश १
ट्याग : #प्रदेश १


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ