२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अस्पताल आएको १० घण्टापछि २७ कोरोना संक्रमित बिपीमा भर्ना

अस्पताल आएको १० घण्टापछि २७ कोरोना संक्रमित बिपीमा भर्ना


विराटनगर ÷ कोरोना पुष्टि पुष्टी भएर झापाको केचनाबाट पठाइएका २७ जना कोरोना संक्रमितलाई रातभर गेट बाहिर राखेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालले १० घण्टापछि मात्र भर्ना लिएको छ ।

संक्रमितलाई प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार बिहान ९ बजे अस्पतालमा पुगेर भर्ना गराएका हुन् ।
कोरोना पुष्टि भएका २७ जना संक्रमितलाई शुक्रबार राति ११ बजे यात्रुबहाग बसमा धरान र्पुयाइएको थियो ।

उनीहरुलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको भए पनि झापाबाट समवन्य नगरी विरामी पठाएको भन्दै विपी प्रतिष्ठानले शनिबार विहानसम्म भर्ना लिएको थिएन् । भर्ना नलिएपछि संक्रमितहरु रातभर गेट बाहिरै बसेका थिए ।

प्रतिष्ठानले शनिबार ९ बजे झापाबाट आएका कोरोना संक्रमित विरामीलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाको जानकारी दिए । ‘झापाबाट समवन्य नगरी विरामी पठाउँदा समस्या आएको हो,’ उनले भने, ‘संक्रमित पढाउँदा एउटा हस्पिटल र अर्को हस्पिटल बिच समन्वय हुनुपर्ने हो । यसो हुन नसक्दा रातीको समयमा गाह्रो हुन्छ ।’

प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले ९४ जना कोरोना संक्रमित उपचारत रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । उक्त कोभिड अस्पताल १ सय बेडको हो । बिहीबारसम्म ६७ जना संक्रमितको विपीको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ