२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना लखेट्न प्रदेशमा ‘थ्रि टिको’ नीति : मन्त्री घिमिरे

कोरोना लखेट्न प्रदेशमा ‘थ्रि टिको’ नीति : मन्त्री घिमिरे


विराटनगर – प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसलाई लखेट्न प्रदेश सरकारले ‘थ्रि टि’ को नीति लिएको बताएका छन् । मन्त्री घिमिरेले प्रदेशमा कोरोना भाइरस हटाउन ट्रेसिंग, टेस्टिङ्ग र ट्रिटमेन्टको नीति लिएको बताएका हुन् ।

यी तीन माध्यमबाट कोरोनालाई लेखेटदै आएको उनको भनाइ छ । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज परिसरमा निर्माण गरिएको कोभिड उपचार केन्द्रबाट बिहीबार कोरोनालाई जितेर डिस्चार्ज भएका ४० जनालाई विदाई गर्दै मन्त्री घिमिरले प्रदेशमा कोरोना नियन्त्रण हुँदै गएको बताए ।

कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको उनले बताए । मन्त्री घिमिरेले क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने दावी गरे । ‘प्रदेश १ मा समुदायमा संक्रमण छैन्, ‘मन्त्री घिमिरेले भने, ‘सामुदायमा भएको संक्रमण उदयपुर र धनकुटामा थियो । त्यहाँ हामीले निमिटान्न बनाइसक्यौं । अहिले विदेशबाट आएर क्वारेन्टाइनमा रहेकामा संक्रमण देखियो छ ।’ क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाइनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाइ छ । प्रदेशवासीले चाँडै सुखद खबर सुन्न पाउने उनले बताए ।

मापदण्ड विपरितका क्वारेन्टाइन बन्द गरिदै लैजाने मन्त्री घिमिरेले बताए । ‘सुरूमा कोभिड १९ को बुझाइमा एकरुपता थिएन् । अहिले हामी चिन्दै गएका छौं, ‘मन्त्री घिमिरेले भने, ‘उदयपुरको झुल्केबाट प्रदेश १ मा कोरोना प्रवेश गरेको थियो । त्यहीबाट कोरोनालाई लखेट्ने नीति प्रदेश सरकारले लिएको छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ