२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ बाट कोरोना जित्ने २१ जना डिस्चार्ज

प्रदेश १ बाट कोरोना जित्ने २१ जना डिस्चार्ज


विराटनगर – कोराना जित्ने प्रदेश १ बाट शुक्रबार २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन ।

शुक्रबार डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् । जसमध्ये मोरङ्बाट १२, सुनसरीबाट ५ र उदयपुरबाट ४ जना रहेका छन्। विराटनगरबाट डिस्चार्ज हुनेमा ३ वर्षका बालक देखि ४८ वर्ष सम्मका रहेको कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी  दिए । उनका अनुसार उनीहरु जेठ २७ देखि असार १२ गतेसम्म भर्ना भएकाहरु हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २१ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६ सय ५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ