२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा १२ संक्रमित थपिए, ३६ जना डिस्चार्ज

प्रदेश १ मा १२ संक्रमित थपिए, ३६ जना डिस्चार्ज


विराटनगर—प्रदेश १ मा १२ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष, कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।

प्रदेश १ बाट शनिबार ३६ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड—१९ आइसोलेसन अस्पताल गोठगाउँमा उपचारत डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरङका २४ जना, झापाका ११ जना र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।

गोठगाउँबाट हालसम्म १ सय ४६ जना डिस्चार्ज भएको आइसोलेसन अस्पतालका सम्र्पक अधिकृत धरणी निरौलाले जानकारी दिए । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ