२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १इनरूवा अस्पतालमा गर्भवती महिलाको पहिलोपटक जटिल ‘सिजरियन’बाट सफल शल्यक्रिया

इनरूवा अस्पतालमा गर्भवती महिलाको पहिलोपटक जटिल ‘सिजरियन’बाट सफल शल्यक्रिया


विराटनगर – सुनसरीको इनरुवा अस्पतालमा पहिलोपटक एक जना गर्भवती महिलाको जटिल ‘सिजरियन’ बाट सफल शल्यक्रिया भएको छ । सुनसरी इटहरी नगरपालिका १० की ३२ वर्षीया इन्द्रकुमारी राई चौधरीको शुक्रबार सफल शल्यक्रिया भएको हो ।

अस्पतालका स्त्री तथा प्रसूती रोग विशेषज्ञ चिकित्सक डा. बालकृष्ण शाहको टिमले इन्द्रकुमारीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । इन्द्रकुमारीको पेटमा ४१ हप्ताको गर्भ रहेको थियो । उनको यो दोस्रो गर्भ हो । यसअघि पनि इन्द्रकुमारीले शल्यक्रिया गराई नवजात शिशुलाई जन्म दिएकी थिइन् ।

‘दोस्रोपटक पनि सोही ठाउँमा शल्यक्रिया गर्दा नवजात शिशुलाई निकाल्दा जोखिम हुने गर्दछ, ’उपचारमा संलग्न चिकित्सक डा. शाहले भने, ‘जोखिम मोलेर हाम्रो टिमले इन्द्रकुमारीको सफल शल्यक्रिया गरेका छौं ।’ उनले ४ केजीको नवजात छोरालाई जन्म दिएकी छिन् । आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. शाहले बताए ।

स्वास्थ्य अवस्था सामान्य रहेकोले चारदिन पछि डिस्चार्ज हुने डा. शाहको भनाइ छ । इनरुवता अस्पतालमा गतवर्ष देखि सिजरियन सुरू भएको हो । हालसम्म ७३ जनाको सिजरियन गरी शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ