२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ : ७०२ संक्रमितले जिते कोरोना, ८८ जनाको उपचार हुँदै

प्रदेश १ : ७०२ संक्रमितले जिते कोरोना, ८८ जनाको उपचार हुँदै


विराटनगर – प्रदेश १ मा थप  २२ जना कोरोनामुक्त भएका छन् । गएको शनिबार मात्रै मोरङका ७, झापा र सुनसरीका ६–६ जना, उदयपुर, ते¥हथुम र इलामका १–१ जना गरेर २२ जना उपचार पछि निको भएर अस्पतालले डिस्चार्ज गरेको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुने सबै विराटनगरका रहेका छन् । उनीहरु असार २३ गते अस्पताल भर्ना भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिए ।

त्यस्तै, थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार शनिबार मोरङको  मिक्लाजुङमा ६, उर्लाबारीमा २ र बेलबारीमा १ , तेह्रथुमको लालीगुराँसमा २, झापाको कमल गाउँपालिकामा १, इलामको देउमाईमा १ र उदयपुरको बेल्टारमा १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ । जसमध्ये ७ सय २ जना संक्रमण मुक्त भएका छन्।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ