२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ८८ प्रतिशत संक्रमित कोरोनामुक्त, ३५ हजारको कोरोना परीक्षण

प्रदेश १ मा ८८ प्रतिशत संक्रमित कोरोनामुक्त, ३५ हजारको कोरोना परीक्षण


विराटनगर – प्रदेश १ मा कोराना जितेर डिस्चार्ज हुने ८८ दशमलब ८८ प्रतिशत संक्रमित भएको पाइएको छ । गत वैशाख ५ गतेदेखि आइतबारसम्ममा कोरोना संक्रमित भएका मध्ये ७ सय २ जना डिस्चार्ज भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

प्रदेश १ मा ७ सय ९३ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमण देखिएका मध्ये ८८ जना प्रदेश १ अन्र्गतको विभिन्न अस्पतालमा उपचाररत रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश महेताले जानकारी दिए । प्रदेश १ मा हालसम्म १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति सप्तरीका हुन । उनको धरानमा उपचाररत रहेको अवस्थामा मृत्यु भएको थियो ।

प्रदेश १ मा आइतबार ३ जनामा संक्रमण देखिएको छ । सुनसरी, झापा र मोरंगमा १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित देखिएका मध्ये सुनसरीको हरिनगर, झापाको मेचीनगर र मोरङको बुढीगंगा गाउँपालिका हुन् । आइतबार संक्रमित देखिएको सबै जना पुरूष हुन् । संक्रमण देखिएका ३ जनाको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा ३५ हजारको कोरोना परिक्षण

प्रदेश १ मा आइतबारसम्म ३५ हजारभन्दा  बढीको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३५ हजार ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ७ सय ९३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३४ हजार ६ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै, प्रदेश १ मा आइतबार ४ सय ९१ जनाको स्वाव संकलन गरिएको छ । प्रदेश १ मा स्वाव संकलन गरिएको दिन नै रिपोर्ट आउन थालेको छ । प्रदेश १ मा कोरोना संक्रमित भएकाहरुको उपचारका लागि ७ वटा आईसोलेसन केन्द्रहरु रहेका छन् ।

७ वटा केन्द्र मध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ सय ६६ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट २ सय ६० जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ सय ५८ जना, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढीबाट १५ जना, उद्योग बाणिज्य संघ, फुङलिङ अस्थाई केन्द्र (ताप्लेजुङ) बाट २ जना र जिल्ला अस्पताल खोटाङ, अस्थाई केन्द्रबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामुदायस्तरमा गएर परीक्षणको तयारी

प्रदेश १ मा क्वारेन्टाइनमा रहेकाहरूलाई मात्र कोरोना देखिएकोले अब समुदायस्तरमा गएर कोरोना परीक्षण गरिने भएको छ । प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको जानकारी दिए ।

‘क्वारेन्टाइनमा मात्र हैन समुदायमा पनि नमूनाका रुपमा परीक्षण गर्न आवश्यक देखिएको छ, ’मन्त्री घिमिरेले भने, ‘यसको तयारी प्रदेश सरकारले अब थाल्नेछ ।’ कोरोना उपचार केन्द्र र क्वारेन्टाइनबाट डिस्चार्ज भएकाहरुको परिवार र आसपासका स्थानहरुको छनौट गरेर नमूनाका रुपमा परीक्षण गर्ने मन्त्री घिमिरेले बताए ।

परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समदुाय स्तरमा पनि परीक्षण गर्न लागिएको उनको बताए । ‘क्वारेन्टाइनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरुको नेगेटिभ रिपोर्ट नआउँदासम्म परीक्षण गर्ने काम भइरहेको छ, ’मन्त्री घिमिरेले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ