२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फार्मेसी कमाउधन्दामा लाग्दा औषधीको दुरूपयोग बढ्दै

फार्मेसी कमाउधन्दामा लाग्दा औषधीको दुरूपयोग बढ्दै


विराटनगर—प्रदेश १ को विभिन्न जिल्लाहरूमा फार्मेसीहरूले लागत मूल्यभन्दा तीन गुणा बढी मुल्य लिएर औषधीको अनुचित प्रयोग बढेको पाइएको छ । औषधी व्यवस्था विभागले गरेको निर्णायलाई लत्याउँदै पैसाको लोभमा फार्मेसी संचालकहरूले औषधीको चरम दुरूपयोग गर्दै अनुचित प्रयोग बढाएका हुन् ।

फार्मेसी संचालकहरू कमाउधन्दामा लागेर कतिसम्मको बदमासी गरेको पाइएको छ भने चिकित्सकको ‘प्रेस्क्रिीप्सन’ बेगर लागु औषध प्रयोगकर्ताहरूलाई समेत औषधी विक्री वितरण गरेका पाइएको छ ।

प्रदेश—१ को प्रहरी कार्यालय विराटनगरको कमाण्डमा रहेको क्षेत्रीय अनुसन्धान समूह (रिट) ले मोरङको बेलबारी नगरपालिका–६ सोमबारेमा वीरेन्द्रकुमार चौधरीले संचालन गरेको ‘सुसाङ टेक्निकल हल’बाट अनुचित प्रयोग गरिने तयारी गरिएको ठूलो परिणाम औषधी बरामद गरेको छ । लागूऔषध प्रयोगकर्तालाई विक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले मंगलबार उक्त फार्मेसीले भण्डारण गरेको ठूलो परिणाममा औषधी बरामद गरेको हो ।

प्रहरीले सुसाङ टेक्निकल हलले भण्डारण गरेर राखेको ट्रामाडोल ५० एमजीको १३ हजार ६ सय क्याप्सुल, डिकोलिक २० एमजीको १ हजार पिस, स्पास्मो ३० एमजीको २८० पिस, स्पासेपन २० एमजीको ४ हजार पिस, एम्टीकप ४५ एमजीको १ सय ९८ पिस बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको औषधी अस्पताल भित्र रहेको औषधी फार्मेसीबाहेक अन्यले विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

अन्य फार्मेसीले सो औषधी विक्री गरिहाले पनि चिकित्सकको ‘पे्रस्क्रीप्सन’ को आधारमा मात्र विक्री वितरण गर्नुपर्ने र विक्री गरेको रेटक विभागमा देखाउनुपर्ने नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए । उनका अनुसार ट्रामाडोललगायतको औषधी नेपाल औषधी व्यवस्था विभागले २०७४ साउन २४ गते चिकित्सकको ‘प्रेस्क्रिीप्सन’का आधारमा मात्र विक्री वितरण गर्नुपर्ने निर्णय गरेको छ । तर, यहाँका केही फार्मेसी संचालकले औषधीको दुरूपयोग कमाउ धन्दाका नाममा लागूऔषध प्रयोगकर्ताहरूलाई औषधी विक्री वितरण गर्दछन् ।

ट्रामाडोल दुखाइ कम गर्ने औषधी हो । तर, उक्त औषधी र अन्य विभिन्न औषधी मिक्स गरेर लागु औषध प्रयोगकर्ताहरूले सेवन गरेर नशा लिने गर्दछन् । यसरी अनुचित प्रयोग गरेर लागु औषध प्रयोगकर्तालाई औषधी विक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले सुसाङ टेक्निकल हलका संचालकसहित २ जना लागु औषध प्रयोगकर्तालाई पनि पक्राउ गरेको छ । प्रहरीले लागु औषध प्रयोगकर्तालाई औषधी विक्री गर्ने संचालक बेलबारीका १९ वर्षीय सुसाङकुमार चौधरी, औषधी खरिद गर्ने धरान १७ फोक्लान टापुका २१ वर्षीय किसानलाल चौधरी र बेलबारी ५ का २३ वर्षीय शिवजी चौधरीलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए ।

पक्राउ दुई जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । लकडाउनको समयमा सीमा नाका सिल गरिएकोले उनीहरूले लागुऔषध सेवन गर्न भारत जान नपाएपछि औषधीको अनुचित प्रयोग गरि ट्रामाडोललगातको औषधी नशाको रूपमा सेवन गर्ने गरेका हुन् । प्रहरीले बरामद गरेको औषधी आवश्यक कारवाहीको लागि नेपाल औषधी व्यवस्था विभाग विराटनगर बुधबार पठाउने तयारी गरेको छ ।

यसअघि पनि प्रहरीले लागत मुल्यभन्दा तीन गुणा बढी पैसा लिएर औषधीको दुरूपयोग गरी बेच्ने धरान–७ भानुचोकस्थित सुमन फार्मेसीका संचालक विनयकुमार गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका फार्मेसी संचालक गुरूङले चिकित्सकको ‘पेस्क्रीप्सन’ बेगर औषधीको दुरूपयोगले गरेको आरोपमा पक्राउ गरेको थियो ।

फार्मेसी संचालक गुरूङले एपाबालिन–७५ कम्पनीको ‘प्रिगावालिन’ यस्तै ‘प्रेगास्टार’ र ‘डाइसाइक्लोमिन’ नामक औषधीको दुरूपयोग गरेर लागु औषध प्रयोगकर्ताहरूलाई बिक्री गरेको गर्दै आएका थिए । औषधी व्यवस्था विभागमा दर्ता भएपनि ‘प्रिगावालिन’, ‘पे्रगास्टार’ र ‘डाइसाइक्लोमिन’ नामक औषधी चिकित्सकले पूर्जीमा लेखिदिएको खण्डमा मात्र विक्री वितरण गर्न पाइन्छ । तर, चिकित्सकले लेखिदिएको पुर्जा बेगर औषधी बिक्री गरेको पाइएपछि पक्राउ गरिएको औषधी व्यवस्था विभागले जनाएको छ ।

चिकित्सकको सल्लाहबेगर बिक्री गरिएको औषधीहरू नशाको समस्या भएका बिरामीहरूले सेवन गर्ने गरेको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले जानकारी दिए । ‘प्रिगावालिन र डाइसाइक्लोमिन औषधी मिक्स गरेर सेवन गर्दा नशा लाग्ने गर्दछ । त्यही भएर यो औषधी चिकित्सको सल्लाहमा मात्र विक्री वितरण गर्न पाइन्छ,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले भने, ‘सुमन फार्मेसीले औषधीको दुरूपयोग गरेर लागु औषध प्रयोगकर्ताहरूलाई विक्री गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको थियो ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ