२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो अस्पतालभित्र फार्मेसीको सिन्डिकेट, हटाउन माग राख्दै व्यवसायी आन्दोलनमा

न्यूरो अस्पतालभित्र फार्मेसीको सिन्डिकेट, हटाउन माग राख्दै व्यवसायी आन्दोलनमा


 विराटनगर – विराटनगरस्थित न्यूरो अस्पतालभित्र रहेको ‘न्यूरो हस्पिटल फार्मेसी’ले सिन्डिकेट कायम गरेको आरोप लगाउँदै बाहिरका औषधी व्यवसायीहरूले सिण्डिगेट हटाउनुपर्ने माग राखेका छन् ।  अस्पताल बाहिरका एक दर्जन बढी फार्मेसीहरूले सिन्डिकेट, अन्त्य गरिनुपर्ने माग राख्दै बिहीबार १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले न्यूरो अस्पताल आगाडीबाट प्लेकाटसहित ¥याली निकालेर सामाजिक विकास मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका थिए । अस्पताल भित्र रहेको फार्मेशीले अनाधिकृत रुपमा विरामी र विरामीको आफन्तलाई बाहिरबाट औषधी खरिद गर्न नदिइ विरामीले बाहिरको फार्मेशीबाट औषधी खरिद गरी ल्याइहाले भने पनि नक्कली औषधी पाइने लगायतको विभिन्न आक्षेप लगाउने गरेको मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । बाहिरका औषधी व्यवसायीहरूलाई अस्पताल भित्र पस्न पनि नदिने गरेको उनीहरूको भनाइ छ ।

न्यूरो अस्पताल भित्रको सिन्डिकेट अन्त्य नभए बाहिर औषधी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरूले चेतवनी पनि दिएका छन् ।आन्दोलनमा उत्रिने दिलावर फार्मेशी, मदिना, साइ बाबा, हमदर्द, फेसबुक, ज्ञानु, निर्जल फार्मेशी रहेका छन् । यस्तै निर्जल मेडिकल हल, सुजन मेडिकल, जय हो फार्मेसी, प्रवल मेडिकल हल, आईडिया मेडिकल हल, सुरज फार्मेसी, अन्नपूर्ण फार्मेसी, सृष्टि मेडिकल हल र कलामी फार्मेशीले मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा पसलको छापसहित हस्ताक्षर गरेका छन् ।

मन्त्रालयमा ज्ञापनपत्र बुझाउनु अगाडी न्यूरो बाहिरका औषधी व्यवसायीहरुले फार्मेसीमाथिको दमन बन्द गर, विरामीको कुरुवालाई झुठो आश्वसान दिन बन्द गर, सार्वजानिक स्थलमा जादा रोक्न पाइदैनलगयतको प्ले काट बोकेर ¥याली निकालेका थिए । उनीहरूले मन्त्रालयमा बुझाएको ज्ञापनपत्रको बोद्धार्थ नेपाल औषधी व्यवसायी संघ, कोशी अञ्चल शाखा विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, मोरङ प्रहरी, नेपाल औषधी व्यवस्था विभाग विराटनगर, पत्रकार महासंघ मोरङमा पनि पठाएका छन् ।

यता, न्यूरो फार्मेसीका संचालक प्रविण प्रधानले विरामीको इच्छाअनुसार मन लागेको ठाउँमा औषधी खरिद गर्दै आएको बताए । ‘हामीले अस्पतालमा आएका कोही कसैलाई पनि औषधी खरिद गर्न दबाव सृजना गरेको छैन,’ उनले भने, ‘विरामीको इच्छा अनुसार मन लागेको ठाउँको औषधी खरिद गर्दै आएका छन् ।’ अस्पताल भित्र फार्मेशीले कुनै प्रकारको सिन्डिकेट कायम नगरेको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ