२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालका थप २ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, ओपीडी सेवा बन्द

कोशी अस्पतालका थप २ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, ओपीडी सेवा बन्द


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालको ओपीडी इन्चार्जसहित दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको (बहिरंग सेवा)ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको कारणले अर्को सूचना नआउने दिनसम्मका लागि अस्पतालले ओपीडी सेवा बिहीबारदेखि बन्द गरेको हो ।

अस्पतालमा औषधी छिटेर सेनिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना जारी नहुनुजेलसम्मको लागि ओपीडी सेवा बन्द गरेको कोशी अस्पतालका सुपरीटेन्डेन्ड मेसु डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार अस्पतालका ओपिडी इन्र्चाज र कार्यालय सहायकलाई कोराना देखिएको पुष्टि गरेका छन् । कोशी अस्पतलाको ल्याबमा गरिएको परीक्षण रिपोट अनुसार बुधबार राती कोरोना पोजेटिभ देखिएको हो ।

‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कोरोना देखिएपछि अस्पतालको ओपिडी बन्द गरिएको हो,’ मेसु दासले भने, ‘ओपीडि बन्द गरेपछि अहिले अस्पताल सेनिटाइजर गरिने काम हुनेछ । त्यसपछि अस्पतालको ओपीडी सुचारू हुनेछ ।’ उनका अनुसार हालसम्म अस्पतालको ३५ भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरेको जानकारी दिए ।

गत शनिबार सप्तरी घर भएका कोशी अस्पतालका एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको थियो । ती चिकित्सकको कन्ट्याक ट्रेसिङ गर्दा ओपीडी इन्चार्ज
र कार्यालय सहायकको सम्पर्कमा रहेको देखिए पछि स्वाब संकलन गरिएको थियो ।

कोशी अस्पतलामा कार्यरत हालसम्म ४ जनामा कोरोना संक्रमण देखा परेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ