गृहपृष्ठ ∕ प्रदेश १ ∕ समुदायस्तरमा संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगरमा दुई साता लकडाउन समुदायस्तरमा संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगरमा दुई साता लकडाउन हेल्थ आवाज शुक्रबार, २०७७ साउन १६ गते, १७:४३ मा प्रकाशित फाइल फोटो विराटनगर- समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएपछि विराटनगरमा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिने भएको छ । महानगरपालिका क्षेत्रमा दिनप्रतिदिन संक्रमण बढेपछि सामुदायस्तरमा कोरोना भाइरस देखिएको निष्कर्षसहित विराटनगरमा लकडाउन गरिने निर्णय गरेको हो । शनिबार राति १२ बजेदेखि लागू हुनेगरि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए । नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए । विराटनगर महानगरपालिकाभित्र शुक्रबारसम्म १ सय ७ जना संक्रिमत पुगेका छन् । लकडाउन घोषणासँगै अत्यावश्यक सेवा बाहेक बजार र सर्वसाधारणको हिँडडुललाई पूर्ण रुपमा रोक लगाइने भएको छ । लकडाउनको प्रोटोकल महानगरले जारी गर्ने तयारी गरिरहेको प्रमुख पराजुलीले जानकारी दिए । महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र… विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका… कोशीको महत्वकांक्षी स्वास्थ्य नीति: आशाको घोषणापत्र कि चुनौतीको दस्तावेज ? न्यूरोको रजत जयन्तीः २५ वर्षमा २५ लाखको उपचार, कोशी र… कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट २ करोड २० लाखको २३ प्रकारका… कोशीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरू धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा