२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा १३ सहित प्रदेश १ मा थपिए २७ संक्रमित

विराटनगरमा १३ सहित प्रदेश १ मा थपिए २७ संक्रमित


विराटनगर – विराटनगर महानगरपालिकामा १३ सहित प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिएका छन् । नापी कार्यालय विराटनगरका दुई जना कर्मचारीसहित विराटनगरमा आइतबार १३ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका ६ पुरुष र ७ महिलासहित मोरङमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । विराटनगरमा नापी कार्यालयका २ कर्मचारी र अन्य विराटनगरका विभिन्न वडाका संक्रमण देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकाहरूको कन्ट्याक ट्रेसिङ गरी उनीहरूको सम्पर्कमा रहेकाहरूको स्वाब संकलन गरिने काम गरिने तयारी गरिएको उनले जानकारी दिए ।
यस्तै बुढिगंगाको १ जना, कटहरीको २ जना र ग्रामथानको १ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी, सुनसरीको धरानमा क्वारेन्टाइनमा बसेका १० जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित देखिएका नापीका कर्मचारी एक जना खरिदार र एक जना सुरक्षागार्ड रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकामा यसअघि १०८ जनामा कोरोना देखिएपछि लकडाउन गरिएको छ । आइतबार १३ जना थप भएसँगै महानगरपालिकाभित्रका कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ