२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा एकैदिनमा ५७ जनामा कोराना संक्रमण

प्रदेश १ मा एकैदिनमा ५७ जनामा कोराना संक्रमण

मोरङमा मात्रै थपिए ४६ संक्रमित


विराटनगर – मोरङमा ४६ जनासहित प्रदेश १ मा सोमबार ५७ जनालाई कारोना संक्रमण देखिएको छ । सोमबार आएको रिपोर्ट अनुसार सबैभन्दा बढी मोरङमा संक्रमण बढी देखिएको हो ।

सोमबार विराटनगर महानगरपालिका भित्र २२ जनालाई कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । विराटनगरमा २२ जना देखिएको मध्ये ७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हुन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा १६ जना पुरूष र ६ जना महिलामा संक्रमण देखिएको हो । यस्तै, मोरङको रंगेली नगरपालिकामा २२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो । कटहरी गाउँपालिकामा २ जना महिलामा संक्रमण देखिएको छ ।

यस्तै, सुनसरीमा ५ जनालाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । इटहरीमा तीन, धरान र इनरुवामा १-१ जनालाई संक्रमण देखिएको हो । झापामा ६ जनालाई संक्रमण देखिएको छ । अर्जुनधारमा ४ पुरूष र बिर्तामोडमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ