२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा ७७ वर्षीय वृद्ध संक्रमितको मृत्यु

कोशी अस्पतालमा ७७ वर्षीय वृद्ध संक्रमितको मृत्यु


विराटनगर -थप एक संक्रमितको मृत्यु भएको छ। विराटनगरस्थित कोशी अस्पतालको आइसोलेनमा उपचाररत एक जना वृद्धको मृत्यु भएको हो । ७७ वर्षीय वृद्धको सोमबार दिउँसो ३ बजे उपचारको क्रमममा मृत्यु भएको र मृत्यु पछि रिपोर्टमा कोरोना पोजेटिभ देखिएको कोशी अस्पताल आइसोलेनका प्रमुख डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।

‘संक्रमित पुरूष सोमबार दिउँसो १० बजे कोशी अस्पताल आएका थिए,’ उनले भने, ‘ श्वासप्रश्वासमा र ज्वारो आएपछि स्वाब संकलन साढे १० बजे गरियो । कोरोना पुष्टि भएको रिपोर्ट ३ बजे आइसक्दा ती पुरूषको मृत्यु भयो ।’

अस्पताल ल्याउँदा अक्सिजनको पनि मात्रा कम रहेको डा. यादवले बताए । ‘अक्सिजनको मात्रा ९० भन्दा बढी हुनुपर्ने हो,’ राउण्डमा रहेका मुटु रोग विशेषज्ञ डा. प्रवेस झाले भने, ‘अस्पताल ल्याइपु¥यादा ६५ मात्र थियो । हामीले उपचार गर्ने क्रममा उनको मृत्यु भयो ।’

कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको पहिलो केस हो । यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

कोरोना संक्रमितको मृत्यु भएपछि परिवारको सहमतिमा नेपाली सेनाको टोलीले शव व्यवस्थापनको गर्ने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ