२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १समुदायस्तरमा कोरोना फैलिएपछि मोरङको रंगेली तीन दिनका लागि सिल

समुदायस्तरमा कोरोना फैलिएपछि मोरङको रंगेली तीन दिनका लागि सिल


विराटनगर – मोरङको रंगेलीमा कोरोना संक्रमण बढेर समुदायस्तरमा फैलिएपछि पहिलो चरणमा तीन दिनको लागि रंगेली नगरपालिकाभित्र सिल गरिएको छ । मंगलबारदेखि लागू हुने गरी रंगेली सिल गरेको हो ।

सोमबार रंगेली नगरपालिकामा २२ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका मध्ये रंगेली नगरपालिका ७ का एकै परिवारमा १४ जनामा कोरोना देखिएको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि रोकथाम र नियन्त्रण गर्न तीन दिन लकडाउन गरिएको रंगेली नगरपालिका प्रमुख दिलिप बगडीयाले जानकारी दिए ।

सोमबार आएको पीसीआर रिपोर्टमा एकै घरको १४ जना, विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि भएको हो । नगरपालिका प्रमुख बगडीयाका अनुसार रंगेलीको ४, ६, ७, र ८ वडा पूर्ण रूपमा शिल शिल गरि संक्रमित देखिएकाहरूका सम्पर्कमा आएको स्वाब संकलन गरिएको जानकारी दिए । ‘रंगली सिल गरेपछि संक्रमण देखिएकाहरूको ‘कन्ट्याक ट्रेसिङ’ गरिन सुरू गरिनेछ,’ उनले भने, ‘संक्रमण देखिएका सम्पर्कमा रहेका सबैको स्वाब संकलन बुधबार विहान १० बजेदेखि हुनेछ ।’

यसअघि क्वारेन्टिनमा बसेकाहरूको कोरोना संक्रमण देखिएको भएपछि पछिल्लो समयमा समुदायस्तरमा संक्रमण पुगेको प्रमुख बगडियाले बताए । ‘सोमबार राती १२ बजेदेखि लागू हुने गरि रंगेली पहिलो चरणमा तीन दिन शिल गर्ने निर्णाय गरेको हो,’ उनले भने, ‘त्यसपछि संक्रमणको अवस्था हेरेर थप निर्णाय हुनेछ ।’ १ सय ५६ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको मध्ये २२ जनामा कोरोना रिपोट सोमबार पोजेटिभ आएको थियो ।

रंगेली नगरपालिकाले सिल गर्ने निर्णय गरेसँगै रंगेली मंगलबार बिहानदेखि कडा पारिएको छ । ‘रंगेलीभित्र सामुदाय स्तरमा कोरोना फैलिएको छ, ’उनले भने, ‘सबैलाई सावधानी अपनाएर कारोना रोकथाम र नियन्त्रणमा सबैलाई आग्रह गर्दछु ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ