२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बन्द भएको कोशी अस्पतालको ओपीडी सेवा सुचारू

बन्द भएको कोशी अस्पतालको ओपीडी सेवा सुचारू


विराटनगर – स्वास्थ्यकर्म लाई कोरोना संक्रमण देखिएपछि बन्द भएको विराटनगरस्थित कोशी अस्पतालको ओपीडी संचालनमा आएको छ । चार दिनदेखि बन्द भएको कोशी अस्पतालको ओपीडी मंगलबरदेखि संचालनमा आएको हो ।

चार जना स्वास्थ्यकर्मीलाई संक्रमित पुष्टि भएपछि अस्पतालले गत बिहीबार सूचना जारी गरि अनिश्चितकालका लागि ओपीडी बन्द गरेको थियो । अस्पताल सेनिटाइजि र स्वाब परीक्षणपछि आएको रिपोर्टमा ओपीडीका थप स्वास्थ्यकर्मीमा संक्रमण नदेखिएकोले बन्द गरिएको सेवा पुनः संचालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए ।

‘अस्पतालको ओपिडी इन्चार्जसहित स्वास्थ्यकर्मीहरूमा संक्रमण पुष्टि भएपछि अस्पताल सेनिटाइज गर्न ओपीडि सेवा बन्द गरिका थियौ,’ उनले भने, ‘अस्पताल भित्र पूर्ण रूपमा सेनिटाइज गरेपछि संचालनमा ल्याएका हौं ।’ कोशी अस्पतलाको ओपीडिमा अन्य सामान्य दिनमा औसतमा दैनिक १ हजार २ सय सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ । लकडाउन भएकाले कमै सेवाग्राही आउने गरेका छन् ।

मंगलबार मात्र अस्पतलाका दुई जना नर्ससहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मेसु दासले जानकारी दिए । संक्रमण देखिएका २ जना नर्स र एक जना सरसफाइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको उनले बताए । हालसम्म कोशी अस्पतलामा कोरोना संक्रमित संख्या ११ पुगेको छ । संक्रमित हुनेमा एक चिकित्सक, ६ नर्स र ४ सहयोगी कर्मचारी छन् ।

शुक्रबारसम्म संक्रमण पुष्टि भएकाको प्रत्यक्ष सम्पर्कमा आएका १ सय ८४ जनाको स्वाब संकलन गरिएको र सबैको रिपोर्ट आइसकेको अस्पतालका डा. दासले बताए । उनले अस्पतालका अन्य विभागका संक्रमित र उनीहरुको सम्पर्कमा आएकाको स्वाब परीक्षण र क्वारेन्टाइनमा राख्ने क्रम अझै जारी रहेको बताए । संक्रमित सबैको कोभिड–१९ अस्पतालमा उपचार भइरहेको र अहिलेसम्म ३७ स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा रहेको उनको भनाई छ ।
फोटो छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ