२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा २१ सहित प्रदेश १ मा थपिए ६६ जना संक्रमित

विराटनगरमा २१ सहित प्रदेश १ मा थपिए ६६ जना संक्रमित


विराटनगर – विराटनगरमा बिहीबार २१ जना सहित प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।  सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा बिहीबार ११ जना पुरूष र १० जना महिलालाई कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयको अनुसार बिहीबार प्रदेश १ मा ५१ पुरूष र १५ जना महिलामा संक्रमण देखिएको जानकारी गराएको छ । नयाँ संक्रमित विराटनगर – २, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु विराटनगर ५ र ९ नम्बर वडाका पुरुष हुन ।

बिहीबार मोरङमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बेलबारी नगरपालिका भित्र २ पुरूष र रङ्गेली नगरपालिका भित्र १ जना पुरूषमा संक्रमण देखिएको हो ।

यस्तै, सुनसरीमा १९ जनालाई संक्रमण देखिएको छ । धरान उपमहानगरपालिका भित्र ११ पुरूष र ३ महिला गरि १४ जनालाई संक्रमण देखिएको हो । इटहरीमा ४ पुरुष र १ महिलामा संक्रमण देखिएको छ । झापाको मेची नगरपालिका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । इलाम नगरपालिकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ