२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा शुक्रबार मृत्यु भएको पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई शुक्रबार तीन बजे कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा मृतक पुरूषको कोरोना रिपोट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेसन इन्चार्ज डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।

विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेको मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरि परीक्षणको लागि ल्याबमा पठाएको थियो । ‘लक्षण मिल्न देखिएपछि हामीले स्वाब संकलन  परीक्षण गर्न पठाएका थियौं,’ उनले भने, ‘३ बजे आएको रिपोट अनुसार पोजेटिभ देखिएको छ ।’

कोशी अस्पतालमा यसअघि कोरोनाबाट संक्रमित भएका ३ जनाको मृत्यु भइसकेको छ । जसमध्ये विराटनगरका ५ र ९ को पुरूषको कोरोनाले मृत्यु भइसकेको छ । शुक्रबार मृत्यु भएको सँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ