२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा ६४ सहित प्रदेश १ मा ६७ संक्रमित थपिए

मोरङमा ६४ सहित प्रदेश १ मा ६७ संक्रमित थपिए


विराटनगर – मोरङमा ६४ सहित प्रदेश १ मा शुक्रबार ६७ जना कोरोना संक्रमित थपिएका छन् ।  मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

विराटनगरमा २४ पुरुष ८ महिला गरि ३२ जनामा संक्रमण देखिएको हो । रंगेलीमा २३ पुरुष ६ महिला, बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ५ जना डिस्चार्ज भएका छन् । कोभिड-१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ