२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको रंगेलीको एउटै वडामा २३ संक्रमित

मोरङको रंगेलीको एउटै वडामा २३ संक्रमित


विराटनगर – मोरङको रंगेलीमा थप २९ जनामा कारोना देखिएको मध्ये ७ नम्बर वडामा २३ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार रंगेलीमा ७ मा १७ पुरुष र ६ महिलामा संक्रमण देखिएको हो ।

यस्तै, रंगेली ६ मा ३ जना, ४ मा २ पुरूष र ५ मा १ जना पुरूषलाई संक्रमण देखिएको छ ।

प्रदेश १ मा एउटै वडामा धेरै संक्रमण देखिएको यो पहिलो पटक हो । रंगेलीमा मात्र कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । संक्रमणबाट रंगेली ८ का एक जनाको मृत्यु भइसकेको छ । संक्रमण समुदाय स्तरमा फैलिएपछि नगरपालिकाले लकडाउन गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ