२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो अस्पतलामा थप दुई जना कर्मचारीमा कोरोना संक्रमण

न्यूरो अस्पतलामा थप दुई जना कर्मचारीमा कोरोना संक्रमण


विराटनगरमा शुक्रबार पुष्टि भएको ३२ संक्रमित मध्ये विराटनगर २ नम्बर वडाका सबैभन्दा बढी रहेको पाइएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित देखिएको मध्ये विराटनगर २ मा पाँच जनालाई संक्रमण देखिएको हो ।

विराटनगरस्थित न्यूरो हस्पिटलका २ जना कर्मचारीलाई थप कोरोना संक्रमण देखिएको छ । अस्पतलाका प्रशासनतर्फका एक जना पुरूष र सरसफाइ गर्ने एक जना महिलामा कोरोना संक्रमण देखिएको जनाएको छ । यस्तै मोरङ सहकारी अस्पतलामा १ जना पुरूषमा संक्रमण देखिएको छ । यस अघि मोरङ सहरीमा एक जना चिकित्सक सहित पाँच जना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आएको रिपोट अनुसार विराटनगर ३ मा ४ जना, ४ मा १ जना, ५ मा ३ जना, ६ मा १ जना, ७ मा १ जना , ९ मा ४ जना, १० मा १ जना, ११ मा १ जना, १३ मा १ जना, १४ मा १ जना, १५ मा १ जना र बाँकी रहेको विराटनगर मात्र ठेगना उल्लेख गरेको संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ