२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एकै घरका ११ जनामा कोरोना देखिएपछि विराटनगरको चुलाचुली मार्ग सिल

एकै घरका ११ जनामा कोरोना देखिएपछि विराटनगरको चुलाचुली मार्ग सिल


विराटनगर – विराटनगर– ९ चुलाचुली मार्गमा आइतबार एकै घरमा ११ जना कोरोना संक्रमण पुष्टि भएपछि वडाभित्रको तीन स्थान सिल गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न वडाभित्र आवतजावतमा पूर्ण रुपमा रोक गरी सिल गरिएको हो ।

विराटनगर ९ को महाविर, गुद्री र सनिमन्दिर रोड सिल गरी सोमबार विहानदेखि आवतजावमा पूर्ण रुपमा रोक लगाएको वडाअध्यक्ष विश्वनाथ भगतले जानकारी दिए । विराटनगर महानगरपालिकामा मात्रै आइतबार साझसम्म २ सय ८३ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये विराटनगर–९ का १३ महिला र २९ पुरूष छन् । महानगरभित्र सबैभन्दा बढी संक्रिमत भएको वडा पनि ९ नम्बर रहेको छ ।

सबैभन्दा बढी संक्रमित भेटिएको वडामा पीसीआर परीक्षणको दायरा फराकिलो पार्न र संक्रमितको पहिचानलाई प्राथमिकतामा राख्न सुरक्षा समितिको बैठकको निर्णय पछि शिल गरिएको वडाअध्यक्ष भगतले बताए । विराटनगर ९ वडा भित्र कोरोना संक्रमण पुष्टि भएको दुई जना पुरूषको मृत्यु भएको छ । मृत्यु भएका र संक्रमितहरूको सम्र्पकमा रहेकाहरूका स्वाब संलकन गरि परीक्षण गर्दा आइतबार एकै घरमा ११ जनामा कोरोना पोजेटिभ आएको वडाअध्यक्ष कामतले बताए । ‘कोरोना संक्रमितको सम्र्पकमा रहेकाहरूको कन्टयाक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरू स्वाब संकलन गरि भाइरस नियन्त्रण गर्न सिल गरिएको हो,’ वडाअध्यक्ष कामतले भने ।

भाइरस रोकथाम र नियन्त्रण गर्दै भन्दै विराटनगरमा साउन १६ देखि दुई साताका लागि ‘लकडाउन’ गरिएको छ । ‘लकडाउन’को उल्लंघन गर्ने र पालना नगर्ने एवं संक्रमित बढी भेटिएका क्षेत्रमा अत्याधिक भीडभाड हुने गरेपछि स्थानीय प्रशासनले संक्रमित बढी देखिएको वडामा सोमबार विहानदेखि मानिस तथा सवारी साधन आवतजावतमा पूर्ण रुपमा रोक लगाएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बेदप्रसाद गौतमलले जानकारी दिए । उनका अनुसार विराटनगर ९ मा संक्रमण बढेको कारणले वडा भित्रको केही स्थानमा ७२ घण्टा सिल गरिएको बताए ।

‘हामीले अत्यआवश्यक बाहेक अन्यलाई हिडडुलमा पूर्ण रूपमा रोक लगाएका छौं,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ