२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा एकैदिन ५० सहित प्रदेशमा ९८ जना संक्रमित थपिए

विराटनगरमा एकैदिन ५० सहित प्रदेशमा ९८ जना संक्रमित थपिए


विराटनगर – विराटनगर महानगरपालिका भित्र ५० जनासहित प्रदेश १ मा मंगलबार ९८ जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ६४ जना पुरूष र ३४ जना महिला संक्रमित थपिएका हुन् ।

विराटनगरमा २९ पुरूष २१जना महिला संक्रमित रहेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये दुई जना पत्रकार छन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलाई संक्रमण पुष्टि भएको छ । यस्तै, पत्रकार जितेन्द्र ठाकुरलाई पनि संक्रमण देखिएको छ । विराटनगरमा संक्रमित पत्रकारको संख्या ६ पुगेको छ ।

यस्तै, मोरङको बुढीगंगा १० जना पुरूष र बेलकारीमा १ जना पुरूषमा संक्रमण देखिएको हो । यस्तै सुनसरीमा १८ जनामा संत्रमण पुष्टि भएको छ । सुनसरीको देवानगञ्जमा ३, धरानमा ४, दुहबीमा ७ र हरिनग्रदा र इनरुवामा १÷१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीमा ठाउँ उल्लेखछ नभएको २ जना पनि थपिएका छन् ।

उदयपुरमा ८ पुरूष र ७ महिला गरि १५ जनामा संक्रमण देखिएको छ । उदयपुरको त्रियुगामा ५ पुरूष, ३ महिला र बेलका नगरपालिका भित्र ४ महिला र ३ पुरूषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै ताप्लेजुङ्गको फुङलिङ्गमा १ जना पुरूषलाई संक्रमण देखिएको छ । झापामा २ र इलामा १ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ