२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रहरीको सइसहित विराटनगरमा थपिए १२ संक्रमित

प्रहरीको सइसहित विराटनगरमा थपिए १२ संक्रमित


विराटनगर – इलका प्रहरी कार्यालय विराटनगरमा कार्यरत एक जना प्रहरीसहित विराटनगरका १२ नयाँ संक्रमित थपिएका छन् । विराटनगरमा देखिएका मध्ये इलका प्रहरी कार्यालय रानी विराटनगरमा कार्यरत एक जना सहीलाई पनि बुधबार कारोना संक्रमण पुष्टि भएको हो ।

तह्रथुम प्रहरीमा दरबन्दी रहेको संक्रमित सइले मंगलबार सरुवाको लागि रमना बुझेका थिए । दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुम जानुभन्दा अगाडी कोरोना जाँचको लागि कोशी अस्पतालमा स्वाब दिएका थिए ।

बुधबार आएको रिपोर्ट अनुसार कारोना पोजेटिभ देखिएको मोरङ प्रहरीले जनाएको छ । संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ आधारमा सम्पर्कमा  आएकाहरूको स्वाब संकलन गरिने मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

विराटनगरमा बुधबार थपिएको १२ संक्रमित मध्ये विराटनगर ८ मा ३ जना, ११, १२ र १५ मा २-२ जना संक्रमित रहेका छन् । यस्तै विराटनगर ९, ६ र १३ मा १-१ जना संक्रमित रहेका छन् । विराटनगरमा बुधबार देखिएको संक्रमित सबै पुरूष हुन् । यो विराटनगरमा संक्रमितको संख्या ३ सय ५४ पुगेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ