२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एक नर्ससहित विराटनगरमा एकैदिन थपिए ६० संक्रमित, कुन वडामा कति ?

एक नर्ससहित विराटनगरमा एकैदिन थपिए ६० संक्रमित, कुन वडामा कति ?


विराटनगर – विराटनगर महानगरपालिकाभित्र एकैदिन ६० जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार थपिएका संक्रमित मध्ये ३८ पुरूष र २२ महिला रहेका छन् ।

आज थपिएको संक्रमितको संख्या महानगरपालिकाभित्र अहिलेसम्मको उच्च रहेको छ । थपिएका मध्ये सबैभन्दा बढी विराटनगर ९ वडाका रहेका छन् । ९ वडामा ५ महिला र ४ जना संक्रमित छन् । यस्तै, विराटनगर वडा नम्बर १२ मा ८ जना पुरूलाई संक्रमण पुष्टि भएको छ ।

यता, वडा नम्बर २ मा २ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ५ मा ४ जना, वडा नम्बर ६ मा ५ जना, वडा नम्बर ७ मा २ जना, वडा नम्बर ८ मा ६ जना,वडा नम्बर १० मा ४ जना, वडा नम्बर ११ मा २ जना, वडा नबर १३ मा २ जना, वडा नम्बर १६ मा १ र वडा नम्बर १७ मा ४ जना रहेका छन् । वडा नखुलेका  ५ पुरूष र १ महिला गरी ६ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा बिहीबार थप ६० जना थपिएसँगै संक्रमितको संख्या ४ सय १४ पुगेको छ ।

नर्समा कोरोना पुष्टि

विराटनगरस्थित कोशी अस्पतालका एक जना नर्सलाई बिहीबार कारोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ल्याबमा गराएको कोरानो परीक्षण रिपोट अनुसार एक जना नर्सलाई कोरोना पुष्टि भएको हो ।

बिहीबार थप एक जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएसँगै कोशी अस्पतलामा संक्रमण संख्या १८ पुगेको कोशी अस्पतालका सुपरिटेन्डेन्ड डा. चुमनलाल दाशले जानकारी दिए । उनका अनुसार संक्रमितहरू १ जना चिकित्सक नर्सर कर्मचारी रहेको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ