२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा ८८ सहित प्रदेश १ मा ११५ संक्रमित थपिए

मोरङमा ८८ सहित प्रदेश १ मा ११५ संक्रमित थपिए


विराटनगर – मोरङमा ८८ जना सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिला बिहीबार थपिएका हुन्।प्रदेश १ मा बिहीबार थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च हो।

विराटनगर महानगरपालिका भित्र बिहीबार एकै दिन ६० जना नयाँ संक्रमित थपिएका छन्। संक्रमित मध्ये ३८ पुरूष र २२ महिला रहेका छन्। यस्तै, मोरङको बुढीगंगा गाउँपालिका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमित सबै पुरूष छन्। बुढीगंगा देखिएको संक्रमित मध्ये आरती स्ट्रिप्समा काम गर्ने २१ जना रहेका छन्। अन्य बुढीगंगा २ का ३ जना र ७ का १ जना रहेका छन्। कटहरीमा तीन जना संक्रमण देखिएको छ।

सुनसरीमा १५ पुरुष र ४ महिला गरि १९ जना संक्रमण देखिएको छ। इटहरीमा १० पुरुष, ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबी ३ र रामधुनीमा १ मा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोडमा १ जना, इलामा चार जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ