२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा थप एक डाक्टरसहित पाँच जनामा कोरोना पुष्टि

नोबेलमा थप एक डाक्टरसहित पाँच जनामा कोरोना पुष्टि


विराटनगर – विराटनगरस्थित नोबेल अस्पतला कार्यरत एक जना चिकित्सकसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको बिहीबार आएको रिपोर्ट अनुसार एक जना चिकित्सक, १ नर्स दुई जना फार्मेशीका कर्मचारी र १ जना अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएको चकित्सक एमबीबीएस डाक्टर हुन् । संक्रमित मध्ये दुई जना नोबेल अस्पतालभित्र रहेको सुस्वास्थ्य फार्मेसीका कार्यरत कर्मचारी रहेको अस्पतालले जनाएको छ ।  बिहीबार पाँच जना थपिएसँगै नोबल अस्पतालमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसअघि चार चिकित्सकलाई संक्रमण पुष्टि भइसकेको उनले बताए । जसमध्ये दुई जना डाक्टरको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारको लागि काठमाडौँको महारगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार भइरहेको छ । संक्रमित मध्ये एक जना डाक्टर शिक्षण अस्पतलामा प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ । अन्य चिकित्सक, नर्स र कर्मचारीहरू अस्पतालको आइसोलेशनमा राखिएको प्रबन्धक दाहालले बताए । अन्यको स्वास्थ्य अवस्था सामन्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्धक दाहालका अनुसार हस्पिटलका २२४ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये बिहीबार ९० जनाको रिपोट आएको छ । रिपोर्ट आएको मध्ये ५ जनाको पोजेटि र ८५ जनाको नेगेटिभ आएको अस्पतालका प्रबन्धक दाहालले सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ