२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए


विराटनगर -विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ जना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमित मध्ये प्रदेश १ मा ७६ पुरुष र २८ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रबार विराटनगरमा २० पुरुष र १३ महिला गरी ३३ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै, मोरङको रंगेलीमा १९ पुरुष र ९ महिला गरी २८ जना संक्रमित छन् । सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । मोरङमा शुक्रबार ६२ संक्रमित थपिएका छन् ।  सुनसरीमा १८ पुरुष र ४ महिला गरि २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको दुहबीमा ११ पुरुष र २ महिला, धरानमा २, इटहरीमा ३, खुसीमा ३, रामधुनी र देवागन्जमा १-१ जनामा संक्रमण देखिएको छ ।

यस्तै, झापामा ९ पुरक्ष र २ महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरमा २ पुरुष, दमकमा ४ महिला २ पुरुष, शिवसताधीमा १ पुरूषमा संक्रमण देखिएको छ ।  धनुषा र सिराहकाको विष्णुपुरमा १÷१जनामा संक्रमण देखिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ