२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको रंगेलीमा २८ संक्रमित थपिए, एउटै वडामा १७ जनामा संक्रमण

मोरङको रंगेलीमा २८ संक्रमित थपिए, एउटै वडामा १७ जनामा संक्रमण


विराटनगर – मोरङको रंगेली नगरपालिकाभित्र शुक्रबार २८ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये १९ पुरुष र ९ महिला छन् । २८ नयाँ संक्रमित सहित रंगेलीमा संक्रमितको संख्या शुक्रबारसम्म ९० जना पुगेको रंगेली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए

रंगेली ८ मा एक जना पुरुषको कोरानाको कारण मृत्यु समेत भइसकेको छ ।  शुक्रबार थपिएका २८ संक्रमित मध्ये रंगेलीको एउटै वडामा १७ जना छन् । रंगेली ७ मा ९ पुरुष र ८ महिला एउटै वडामा संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस वडामा यस अघि पनि २३ जना संक्रमित भेटिएको थियो । एउटा वडामा ठूलो संख्यामा संक्रमित भेटिएको रंगेली बजार क्षेत्रमा पर्ने वडाको हो ।

शुक्रबार रंगेली ६ मा ३ पुरुष १ महिला र ३ र ४ वडामा १ जना संक्रमण पुष्टि भएको छ । बाँकी ५ जना संक्रमित पुरुषको रंगेली मात्र लेखिएको भए पनि वडा खुलेको छैन ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ