२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु


विराटनगर—विराटनगरका एक जना कोरोना संक्रमित महिलाको धरानमा मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो हस्पिटलबाट रेफर भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगर– २ श्याम मन्दिर चौककी ५० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान साढे १२ बजे मृत्यु भएको हो ।

पाँचदिन दिनदेखि अत्याधिक ज्वरो, खोकी, श्वास फेर्नमा समस्या भएका कारण उनलाई न्यूरो अस्पतालमा भर्ना गराएको थियो । शनिबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई राति विपी प्रतिष्ठान रेफर गरेको थियो । राति साढे ११ बजे प्रतिष्ठानमा भर्ना गरिएपछि उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

‘अत्याधिक ज्वरो, खोकी र श्वाशप्रश्वासमा समस्या भएपछि विपीमा भर्ना गरिएको थियो,’ उनले भने, ‘उपचारको क्रममा संक्रमितको मृत्यु भयो ।’ मृतकमा दीर्घ रोगको समस्या रहेको थियो ।

मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए । उनी प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु भएकी पहिलो महिला हुन् । विराटनगरमा यसअघि ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । विराटनगर ९ मा २ जना, विराटनगर ३, ५, १० र १५ मा १÷१ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ