२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १छोरा, बुहारी र नातिमा कोरोना, मृत्यु भएकी ७८ वर्षीया आमाको शव अलपत्र

छोरा, बुहारी र नातिमा कोरोना, मृत्यु भएकी ७८ वर्षीया आमाको शव अलपत्र


विराटनगर – विराटनगर – ३ स्थित एकै घरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको एक परिवारमा ७८ वर्षीया वृद्धाको शव अलपत्र परेको छ । परिवारका अन्य सदस्यमा संक्रमण भएको कारण छिमेकीहरु समेत संक्रमणको त्रासले मृतकको घरमा जान नसक्दा शव अलपत्र परेको हो ।

श्वासप्रश्वासमा समस्या भइ लामो समयदेखि थला परेकी वृद्धाको शनिबार राती ९ बजे घरमै निधन भएको थियो । मृतक वृद्धाको छोरा, बुहारी र नातिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको शव अलपत्र परेको हो ।

परिवारका अन्य सदस्यलाई कोरोना देखिएको र कोरोनासँगै मिल्ने लक्षण उनमा पनि देखिएको भएपनि दुईपटक लिइएको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको विराटनगर ३ का वडाअध्यक्ष बिनोद बस्नेतले जानकारी दिए ।

उनका अनुसार वृद्धाका दुई छोरा छन् । संक्रमण पुष्टि भएपछि कान्छा छोरा मंगलबारदेखि आइसोलेसनमा छन् । जेठा छोरा काठमाडौंमा छन् । ‘वृद्धाको स्यहारमा बसेकी बुहारीलाई पनि कोरोना पोजेटिभ देखिएपछि मृतक वृद्धाको शव व्यवस्थापनमा समस्या भएकोले जिल्ला प्रशासन कार्यालय मोरङमा सरसल्लाह गरी सेनाले शव व्यवस्थापन गरिदिने तयारी भएको छ ।’ ,उनले भने ।

मृतकका छोरालाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरपालिकाले बनाएको विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलनमा छन् । यता, बुहारी र नाती घरको होम आइसोलेनमा रहेका छन् । छोरामा कोरोना संक्रमण पुष्टि भएपछि  कन्ट्याक ट्रेसिङ गरी उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्दा श्रीमती र छोरामा कोरोना देखिएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ