२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा ८६ सहित प्रदेश १ मा थपिए १ सय ३ संक्रमित

विराटनगरमा ८६ सहित प्रदेश १ मा थपिए १ सय ३ संक्रमित


विराटनगर – विराटनगरमा ८६ जना सहित प्रदेश १ मा १ सय ३ कोरोना संक्रमित थपिएका छन् । आइतबार थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । संक्रमित मध्ये मोरङमा ९२ जना छन् ।

यस्तै, खोटाङमा ६, सुनसरीमा २, इलाममा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर महानगरपालिकाभित्र एकैदिनमा ८६ जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १ सय ३ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ