२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा थपिएका ८६ संक्रमित, एउटै वडामा थप १६लाई कोरोना

विराटनगरमा थपिएका ८६ संक्रमित, एउटै वडामा थप १६लाई कोरोना


विराटनगर – विराटनगर महानगरपालिकाभित्र आइतबार थपिएका ८६ संक्रमित मध्ये एउटै वडामा १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर १६ मा १३ पुरुष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

अहिलेसम्म विराटनगरको एउटै ठूलामा १६ जना संक्रमित देखिएको यो पहिलो हो । थपिएका ८६ सँगै विराटनगरमा संक्रमितको संख्या ५ सय ६६ जना पुगेका छन् । आइतबार थपिएका मध्ये दोस्रोमा विराटनगर ६ वडामा संक्रमित देखिएको छ । विराटनगर ६ मा ७ पुरुष र ४ महिला गरी ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, विराटनगर ३ र ११ मा ९-९ जना संक्रमण देखिएको छ । विराटनगर ३ मा ५ पुरुष र ४ महिला संक्रमित छन् । यस्तै विराटनगर ११ मा ५ पुरुष र ४ महिला संक्रमित भेटिएका छन् ।

यसैगरी, विराटनगर १ मा २ जना, २ मा ४ जना, ३ मा ९ जना, ४ मा ५ जना, ५ मा ७ जना, ८ मा ३ जना, ९ मा ६ जना, १२ मा १ जना, १३ मा ३ जना, १४ मा २ जना र १५ मा ५ जना संक्रमित छन् । ३ जना वडा नखुलेको रहेको संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ