२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा ४४ सहित प्रदेश १ मा थपिए ८३ नयाँ संक्रमित

मोरङमा ४४ सहित प्रदेश १ मा थपिए ८३ नयाँ संक्रमित


विराटनगर – मोरङमा ४४ जना सहित प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार थपिएका नयाँ संक्रमित मध्ये सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

विराटनगरमा आइतबार २९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । त्यस्तै, बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला, ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ ।

प्रदेश १ मा आइतबार २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ