२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा ४७ वर्षीय संक्रमित पुरुषको मृत्यु

कोशी अस्पतालमा ४७ वर्षीय संक्रमित पुरुषको मृत्यु


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा कोरानो संक्रमण पुष्टि भएको एक जना पुरुषको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भइ विराटनर ८ मधुमरामा बस्ने ४७ वर्षिय पुरुषको उपचारको क्रममा सोमबार साँझ ५ः ५० मा मृत्यु भएको हो ।

उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिए पछि शनिबार राती ७ बजे अस्पतालको आइसोलेशनमा भर्ना भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । कोरानोसँग मिल्दोजुल्दो लक्षण देखिएकोले भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गर्न पठाएको अस्पतालले जनाएको छ ।

आइतबार बिहान ७ बजे रिपोर्ट पोजेटिभ आएको डा. दासले जानकारी दिए । ‘अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो,’ उनले भने, ‘थप उपचारको लागि कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा पठाउने तयारी गर्दा उनको मृत्यु भयो ।’

कोशी अस्पतालमा यसअघि ७ जना कारोना संक्रमितको मृत्यु भइसकेको छ । योसँगै मोरङमा कोरोनबाट मृत्यु हुने संख्या १० पुगेको छ । यसअघि विराटनगर ९ का २ जना, १०, १५, ३, २, ५ वडाका १-१ जना र मोरङ रंगेलीका १, सुनवर्षी, बुढीगंगा गाउँपालिकालका १ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुने एक जना विराटनगर २ का महिला र ९ जना पुरुष छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ