२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा एकैदिन थपिए ९६ संक्रमित, कुन वडामा कति ?

विराटनगरमा एकैदिन थपिए ९६ संक्रमित, कुन वडामा कति ?


विराटनगर – विराटनगर महानगरपालिकाभित्र मंगलबार ९६ जनालाई संक्रमण देखिएको मध्ये दुईवटामा बढी संक्रमित देखिएको छ । विराटनगर ८ र ११ वडामा मंगलबार सबैभन्दा बढी संक्रमित देखिएको हो ।

यी दुइवटा १२-१२ जना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर ८ मा ७ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, विराटनगर ११ मा ९ पुरुष र ३ जना महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, विराटनगर १२ मा पाँच जना, १० मा ४ जना र विराटनगर ६ मा तीन जनालाई संक्रमण देखिएको छ । विराटनगर ७ र १४ मा २-२ जनालाई संक्रमण देखिएको छ । यसैगरि विराटनगर १, २, ३, ५, ९,१५ र १६ मा १-१ जनामा संक्रमण देखिएको छ । ३७ पुरुष र १२ महिला गरि ४९ जना वडा नखुलेको संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार ९६ जना संक्रमित थपिएसँगै विराटनगरमा संक्रमितको संख्या ६ सय ९१ जना पुगेका छन् । कोरानाको कारण विराटनगरमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुने विराटनगर ९ का दुई जना, २, ३, ५, ८, १०, १५, ३ वडाका १-१ जना छन् । विराटनगर २ का एक जना महिला र ८ जना पुरुषको कारोनाको कारण मृत्यु भइसकेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ