२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा रोकिएको स्वाब संकलन पुनः सुचारु, मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम

विराटनगरमा रोकिएको स्वाब संकलन पुनः सुचारु, मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम


विराटनगर – स्वाब संकलन गरिने चिकित्सकलाई कोरानो संक्रमण देखिएपछि विराटनगरमा  बन्द भएको स्वाब संकलन मंगलबारदेखि पुन : सुचारु भएको छ ।
स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको थिएन ।

मेडिकल अधिकृत डा. प्रज्वल खतिडकासहितको टिमले मंगलबारदेखि पुनः विराटनगर महानगरपालिका भित्र स्वाब संकलन सुरु गरेको छ । पुन सुरु गरिएको स्वाब संकलन महानगरपालिकाले बनाएको आइसोलेनमा बसेकाहरुको स्वाब संकलन गरिने डा. खतिवडाले जानकारी दिए । १० दिन भन्दा अगाडीदेखि आइसोलेशनमा बसेकाहरुको स्वाब संकलन सुरु गरिएको उनले बताए ।

‘अहिले आइसोलनमा बसेकाहरुको स्वाब लिन सुरु गरेका छौं,’ उनले भने, ‘आइसोलेनमा बसेकाहरुको लिएपछि कन्टयाक टे«सिङको आधारमा संक्रमितमा सम्र्पकमामा रहेकाको स्वाब संकलन गर्नेछौं ।’ अहिले बैजनाथपुरको आइसोलनमा २० जना, मारवडी सेवा सदनमा ४० र कालि मन्दिर नजिक रहेको काली सेवा सदनको आइसोलेनमा १३ जना संक्रमित रहेका छन् । अन्य ंक्रमित होम आइसुलेशनमा रहेका छन् । उनीहरु मध्ये १० दिन पूरा भएकाहरुको स्वाब संकलन गर्ने महानगरपालिकाले जनाएको छ ।

स्वाब संकलन गर्ने मेकिडल अधिकृतको नेतृत्वमा दुई टिम

विराटनगर महानगरपालिकाभित्र स्वाब संकलन गरिने दुई वटा टिम बनाएको छ । महानगरपालिकाले करारमा नियुक्त गरेको मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम बनाएको हो ।

मेडिकल अधिकृत डा. प्रज्वल खतिवडा र डा. मुकेश पौडेलको नेतृत्वमा रहने ६-६ जनाको टिम परिचालन हुने भएको विराटनगर महानगरपालिकाले जनाएको छ । ‘एउटा टिमले दुई सता स्वाब संकलन गरेपछि अर्को टिमले त्यसपछि काम गर्नेछ,’ डा. प्रज्वल खतिवडाले भने, ‘दुई टिम भएपछि काम गर्न सहज हुनेछ ।’

अब कुनै पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिहाले भने पनि स्वाब संकलनको काम नरोकनी महानगरपालिकाले जनाएको छ ।  महानगरपालिबाट खटिएको स्वास्थ्यकर्मीको टिमले दैनिक १ सय ८० देखि २ सय जनासम्मको स्वाब संकलन गरि परीक्षण गर्न पठाउने गरेको थियो ।
फोटो छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ