२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १धरानको विपी अस्पतालमा कोरोना संक्रमणबाट २ वृद्धाको मृत्यु

धरानको विपी अस्पतालमा कोरोना संक्रमणबाट २ वृद्धाको मृत्यु


विराटनगर – सुनसरीको धरानस्थित विपी कोइराला विज्ञान प्रष्ठिानमा दुई जना कोरोना संक्रमित मृत्यु भएको छ । धरान १५ का ७१ वर्षीया वृद्धाको  उपचारको क्रममा बुधबार दिउँसो ११ः१५ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । सुनसरीमा कारोनाको कारण मृत्यु हुने यो पहिलो घटना हो ।

धरानस्थित एन्फा क्वारेन्टिनमा बसेकी वृद्धालाई साउन २३ गते कारोना संक्रमण देखिएको थियो । खोकी, ज्वारो र श्वासप्रश्वासमा समस्या भएपछि २४ साउनमा भर्ना भएको अस्पतालका प्रवक्ता डाक्टर सापकोटाले जानकारी दिए । उपचारको क्रममा बुधबार मृत्यु भएको उनले बताए । ‘श्वासप्रश्वास समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । संक्रमित वृद्धाको दिर्ग रोग दमको र मुटुको पनि उपचार गर्दै आएको रहेछिन्,’ उनले भने, ‘अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।’

यसैगरी, सोही अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मोरङ बुढीगंगा गाउँपालिका २ घर भएका एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुढीगंगा घर भएकी ६७ वर्षिय वृद्धाको उपचारको क्रममा मंगलबार बिहान २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएकी ति महिला २५ साउनमा विपी प्रतिष्ठानमा भर्ना भएकी थिइन् । मृत्यु हुने वृद्धा दिर्घ रोगी पनि रहेको अस्पतालले जनाएको छ ।

योसँगै कोरोनाको कारण मोरङ र सुनसरीमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । यसअघि मोरङमा १२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मोरङमा मृत्यु भएका मध्ये पनि ९ जना विराटनगर महानगरपालिका भित्रका छन् । सुनसरीमा भने मृत्युको यो पहिलो घटना हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ