२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा ६७ सहित प्रदेश १ मा थपिए १२३ जना संक्रमित

मोरङमा ६७ सहित प्रदेश १ मा थपिए १२३ जना संक्रमित


विराटनगर – मोरङमा ६७ जना सहित प्रदेश १ मा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार संक्रमण पुष्टि भएकामा मध्ये ३३ महिला र ९० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा बुधबार  ५२ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये ३२ पुरुष र २० महिला संक्रमित छन् । त्यस्तै, मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।

सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये भारतका १ महिला र १ पुरुष रहेका छन् ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ । बुधबार थप २ जना डिस्चार्ज भएका छन् ।यस्तै, मेची अञ्चल अस्पताल धाइजन आइसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।

 प्रदेश १मा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ