२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १संक्रमित बढेपछि विराट टिचिङ्गमा ६० शैय्याको आइसोलेसन वार्ड संचालनमा

संक्रमित बढेपछि विराट टिचिङ्गमा ६० शैय्याको आइसोलेसन वार्ड संचालनमा


विराटनगर – सामुदाय स्तरमा कोरोना भाइरस फैलिएपछि मोरङको बुढीगंगा गाउँपालिका २ टंकिसिनवारीमा रहेको विराट टिचिङ्ग हस्पिटलले संक्रमित राखेर उपचार गरिने ६० शैय्याको आइसोलेसन संचालनमा ल्याएको छ ।  टिचिङ्ग हस्पिटलदेखि छुट्टै स्थानमा कोरोना संक्रमित राख्दै उपचार गरिने आइसोलेसन वार्ड बिहीबारदेखि संचालनमा ल्याएको हो ।

हस्पिटलका संचालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोना परास्त गरेपछि संक्रमितलाई राखेर उपचार गरिने आइसोलेशन संचालनमा ल्याएका हुन ।  बुढीगंगा गाउँपालिका र टिचिङ्ग हस्पिटलको सहकार्यमा संचालनमा आएको आइसोलेनमा महिला पुरूषको लागि छुटा–छुटै वाड रहेको छ । एसीसहित जडान रहेको आइसोलन वार्डमा फ्रि वाइफाइ जडान गरिएको अस्पतालले जनाएको छ । बायोमेडिकल वेस्ट म्यानेजमेन्टको सम्पूर्ण नियमको पूर्ण पालनमा गरेर संक्रमित राखेर उपचार गरिने आइसोलेशन संचालनमा ल्याएको  हस्पिटलका भाइस चियरमेन दिनेश कार्कीले जानकारी दिए ।

विरामीका लागि दैनिक चारपटक अस्पतालको क्यान्टिनबाट पोषणबिद्ध बाट सल्लाह अनुसार आहारको व्यवस्था गरिएको बताइएको छ । ‘भर्ना भएका विरामीलाई दैनिक तीन पटक नर्सले स्वास्थ्य जाँच गर्नेछन्,’ उनले भने, ‘आइसोलेशनमा भर्ना भएका विरामीको अवस्था अनुसार स्वास्थ्यर्की परिचालन हुनेछ ।’ भर्ना भएका कुनै पनि विरामी गम्भिर भए त्यस्ता विरामीको लागि अक्सिजन र उपकरणको पनि व्यवस्था गरेको छ ।

अस्पतालले संचालनमा ल्याएको आइसोलेशन २० जना अस्पताल भित्रको कर्मचारीको लागि र ४० सर्वसाधरणको लागि छुटयाएको छ । संचालनमा आएको आइसोलेशनमा एक जना गर्भवतीसहित चार जना कोरोना संक्रमित भर्ना गरेर उपचार भइरहेको छ ।

आवश्यक उपचार सामाग्री बाहेक आवश्यक जनशक्ति तथा व्यवस्थापनमा दैनिक १ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आइसोलेशन संचालनको लागि केन्द्र, प्रदेश र स्थानिय गरि तीन तहको सरकारले सहयोग गर्न हस्पिटलले आग्रह गरेको छ । ‘आइसोलेशन संचालनको दैनिक खर्च सम्बन्धित निकाय र दाताहरुबाट प्राप्त नहुजेल सम्म यस अस्पतालमा भर्ना भएका संक्रमितको उपचार निः शुल्क हुनेछ,’ विज्ञप्तीमा उल्लेख छ ।

उक्त आइसोलेसन वार्डको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले गरे । कोरोना संक्रमित राखेर उपचार गरिने आइसोलसन संचालनको लागि प्रदेश सरकारले पनि सहयोग गर्ने मन्त्री मिघिरेले प्रतिवद्धता जनाए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ