२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पाँच स्वास्थ्यकर्मीसहित विराटनगरमा थपिए २६ संक्रमित

पाँच स्वास्थ्यकर्मीसहित विराटनगरमा थपिए २६ संक्रमित


विराटनगर-पाँच जना स्वास्थ्यकर्मीसहित विराटनगरमा पछिल्लो २४ घण्टामा २६ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार १ बजेसम्मको रिपोर्टअनुसार १० महिला १६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

२६ जना संक्रमित मध्ये सबैभन्दा बढी ८ नम्बर वडाका रहेका छन् । विराटनगर ८ मा १० जना संक्रमित थपिएका छन् । यस्तै, १० नम्बर वडामा तीन जना, ७, १५, मा २-२ जना रहेका छन् । विराटनगरको४, ११, २ नम्बर वडामा १-१ जना रहेका छन् । बाँकी वडा नखुलेको संक्रमित रहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

शनिबार दिउँसोसम्म आएको रिपोर्ट कोशी अस्पतालको ल्याबको मात्र हो । प्रदेश जनस्वास्थ्य ल्याबको रिपोट आउन बाँकी रहेको छ ।  शनिबार संक्रमित थपिएका मध्यै विराटनगरस्थित नोबेल अस्पताल २ र न्यूरो हस्पिटलका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको ल्याबले आइतबार दिएको रिपोट अनुसार न्यूरोमा तीन जना महिला र नोबलका १ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । नोबेलमा देखिएको ४० वर्षका पुरुष र २२ वर्षिय महिला रहेका छन् । यस्तै न्यूरोका ६०, २५ र ५० वर्षका महिलामा संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलले जानकारी दिए ।

नोबलमा यसअघि पाँच जना डाक्टरसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको अस्तपालका प्रबन्धक नारयण दाहालले जानकारी दिए । उनका अनुसार १० जना नर्स, ४ फार्मशी कर्मचारी र चार जना नोबलका कर्मचारीमा संक्रमण देखिएको बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ